मा प्रकाशित
कनिका खबर
साउन ३१, दाङ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा लामो समयदेखि देखिएको विवाद् समाधानका लागि बनेको कार्यदलले आजबाटै काम शुरु गर्ने भएको छ । दुई अध्यक्षबीचको छलफलपछि विवाद् समाधानको लागि बनेको ६ सदस्यीय कार्यदलले आजैबाट काम थाल्ने कार्यदलले बताएको छ । कार्यदलले सरकार र पार्टीबिचको अन्तरसम्बन्ध सुदृढ बनाई पार्टीमा विधि र पद्धती सँगै सरकारलाई व्यवस्थित गर्न आवश्यक सुझाव सल्लाह दिनेछ ।