आज देशभर वर्षा हुने सम्भावना – Kanika Khabar
Thursday, March 28Nepali News Portal

आज देशभर वर्षा हुने सम्भावना

    मा प्रकाशित

कनिका खबर
साउन ३१, दाङ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका धेरै ठाउँमा वर्षा हुने छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । गण्डकी, ५ नम्बर, बागमती र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भने भारी वर्षा पनि हुने सम्भावना छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्