दाङमा कोरोना कहर : ६ सय ९० सङ्क्रमित, ६३३ जना निको, २५ जना आइसोलेसनमा र २ जनाको मृत्यु – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

दाङमा कोरोना कहर : ६ सय ९० सङ्क्रमित, ६३३ जना निको, २५ जना आइसोलेसनमा र २ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन ३१, दाङ ।
दाङमा कोरोना सङ्क्रमितको संख्या ६ सय ९० पुगेको छ । जिल्लामा हिजो शुक्रबार थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सङ्क्रमितको संख्या ६ सय ९० पसगेको हो । राप्ती स्वास्थ्य विज्ञान प्रष्ठिानमा गरिएको परीक्षणमा हिजो शुक्रबार घोराही उपमहानगरपालिका वडा नम्बर १५ का २२ वर्षका एक पुरुषमा कोरोना पुष्टि भएको हो ।

जिल्लामा संक्रमितको कुल संख्या ६९० पुगेको जिल्ला स्वस्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले बताएका छन् । उनका अनुसार कुल सङक्रमित ६९० मध्ये ६६३ जना निको भएर घर फर्किएका छन् भने २५ जना आइसोलेसनमा उपचाररत रहेका छन् । दुई जनाको भने मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्