निगमले चार्टर्ड उडानमा १८ हजार यात्रुलाई सेवा दियो – Kanika Khabar
Friday, April 26Nepali News Portal

निगमले चार्टर्ड उडानमा १८ हजार यात्रुलाई सेवा दियो

    मा प्रकाशित

कनिका खबर
साउन ३१, दाङ ।
नेपाल वायुसेवा निगमले नेपालमा बन्दाबन्दी शुरु भएयता भएका चार्टर्ड उडानमा १८ हजार यात्रुलाई सेवा दिएको छ । नेपाल एयर लाइन्सका अनुसार हिजोसम्म नेपाल एयरलाइन्सले नेपालीको उद्धारका लागि मात्र ९६ वटा उडान गरेको छ । ती उडानबाट १८ हजार दुइ सय ३२ जना नेपाली घर फर्किएका छन् । सरकारले असार एक गतेबाट नेपालीको उद्धारका लागि उडान सुरु गरेको थियो । यो अवधिमा करिब ५० हजार पाँच सयभन्दा बढी नेपाली घर आएका छन् । यसमा करिब एक दर्जन एयरलाइन्सबाट उडान भएको छ । नेपालबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स उद्धार उडानमा खटिएका थिए । श्री एयरलाइन्स र बुद्ध एयरले समेत चार्टर्ड उडान गरेका छन् । नेपाल एयरलाइन्सले नेपालीको उद्धार शुरु हुनु अगाडि विभिन्न ३० वटा चार्टर्ड उडान गरेको थियो । त्यसमध्ये नौ वटा कार्गो उडान भएका भएका थिए । २१ वटा उडान भने यात्रु बोक्नका लागि चार्टर्ड भएको थियो । नेपाल एयरलाइन्सले अहिलेसम्म नेपाली र विदेशी नागरिकको उद्धार र कार्गो उडानका दौरान कुल एक सय २७ वटा उडान गरिसकेको छ । तर यी उडानबाट भएको आम्दानीको कुल हिसाव भने सार्वजनिक भएको छैन । कुल आम्दानी टिकटसँग भिडाएर हेर्नु पर्ने भएकाले केही समय लाग्ने नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । नेपाल एयरलाइन्सले नेपालीको उद्धारका क्रममा भने भाडादर नै सार्वजनिक गरेको थियो । भाडादरका आधारमा नेपाल एयरलाइन्सले उद्धार उडानका दौरान बोकेका कुल १८ हजार भन्दा बढी यात्रुबाट करिव ८५ करोड नौ लाख रुपैयाँ आम्दानी गरेको छ । यो विदेशीको उद्धार र कार्गो उडानभन्दा बाहेकको आम्दानी हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्