क्रिकेटर सुरेश रैनाले पनि सन्यासको घोषणा गरे – Kanika Khabar
Friday, April 26Nepali News Portal

क्रिकेटर सुरेश रैनाले पनि सन्यासको घोषणा गरे

    मा प्रकाशित

कनिका खबर
साउन ३१, दाङ ।
भारतीय टिमका पूर्व कप्तान महेन्द्रसिं धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेको केहीबेरमा भारतीय क्रिकेटर सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

रैनाले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । उनले पनि सामाजिक संजाल इन्स्टाग्राममा एक पोस्ट गर्दै रैनाले सन्यास घोषणा गरेका हुन् ।

३३ वर्षीय ब्याट्सम्यान रैनाले सन् २००५ मा भारतीय टिममा डेब्यु गरेका थिए ।

रैनाले भारतका लागि १९ टेस्ट, २ सय २६ एकदिवसीय र ७८ टी(ट्वान्टी खेलेका छन् ।

भारतका लागि टेस्टमा रैनाले ७ सय ६८ रन बनाउँदा एकदिवसीयमा ५ हजार ६१५ र टी(ट्वान्टीमा १६ सय ५ रन बनाएका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि रैनाले फ्रेन्चाईज क्रिकेट भने खेल्ने छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) रैनाले चेन्नई सुपर किङ्स खेल्ने गर्छन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्