फिलिपिन्समा भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते – Kanika Khabar
Monday, June 8Nepali News Portal

फिलिपिन्समा भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    मा प्रकाशित

काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् ।

फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित सोक्सक्सार्गेन क्षेत्रमा १२ जनाको मृत्यु भएको छ । यो क्षेत्र दक्षिण कोटाबाटो, सुल्तान कुदारात, साराङ्गानी र जनरल सान्तोस सहरसहित चार प्रान्त र एक सहरमा फैलिएको छ ।

स्थानीय नागरिक सुरक्षा कार्यालयका निर्देशक रोड्रिगो सोस्मेनाका अनुसार उक्त क्षेत्रमा कम्तीमा १२९ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्पका कारण दक्षिणी फिलिपिन्समा दुई दर्जनभन्दा बढी भवनमा क्षति पुगेको छ । क्षतिग्रस्त भवनमध्ये अधिकांश व्यापारिक प्रतिष्ठान रहेका जनाइएको छ ।

भूकम्पको केन्द्रविन्दुनजिक रहेको जनरल सान्तोस सहरमा भवनहरूमा चर्को क्षति पुगेको छ भने उद्धार तथा राहत कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।

प्रभावित क्षेत्रमा थप क्षतिको विवरण संकलन भइरहेको छ । अधिकारीहरूले मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताएका छन् ।l

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्