प्रतिनिधिसभाका तीन समितिको बैठक बस्दै – Kanika Khabar
Thursday, June 11Nepali News Portal

प्रतिनिधिसभाका तीन समितिको बैठक बस्दै

    मा प्रकाशित

काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ ।

आज सार्वजनिक लेखा समिति, राज्य व्यवस्था तथा सुशासन समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।

बिहान साढे ८ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा विद्युतीय सवारी साधनको भन्सार जाँचपास सम्बन्धमा हालै उठेका प्रश्‍नउपर छलफल हुने समितिले जानकारी दिएको छ ।

त्यस्तै बिहान साढे ८ बजेदेखि बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपसमिति गठन गर्ने, मितिको कार्यक्षेत्रमा पर्ने विभिन्न निकायहरूको स्थलगत अनुगमन गर्ने र घिल्ला बैठकको निर्णय कार्यान्वयन प्रगति जानकारी लिने लगायतका कार्यसूची रहेका छन् ।

त्यस्तै बिहान ९ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा सामाजिक परिचालिकाहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्