अछामका एक वडा अध्यक्षले गरे खानेपानी योजनामा तोडफोड – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

अछामका एक वडा अध्यक्षले गरे खानेपानी योजनामा तोडफोड

    मा प्रकाशित

कनिका खबर
साउन ३२, अछाम
अछाममा वडा अध्यक्षको नेतृत्वमा खानेपानीको मुहान तोडफोड भएको छ । पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ६ का वडाअध्यक्ष पूर्णबहादुर रावलको नेतृत्वमा हिजो नगरपालिकाको खानेपानी योजनाको मुहान पूर्ण रुपमा क्षती हुने गरि तोडफोड भएको हो । वडा नम्वर २ विनायक र वडा नम्वर ६ तोलीको सिमानामा पर्ने मुहानको पानीबाट सम्पूर्ण तोलीबासी लाभान्वित भइरहेका र आफूसँग कुनै सहकार्य नै नगरी योजनाको काम धमाधम भइरहेको भन्दै रावलले योजना तोडफोड गरेका हुन् । आफ्नै ठाउँमा निर्माणाधिन योजनाको बिषयमा कुनै जानकारी नभएको र यसरी सहकार्य विनै मनोमानी ढंगबाट पानी लिन खोजेको भन्दै अध्यक्ष रावलले आपत्ती जनाउनु भएकोछ । नगरपालिकाको आर्थिक बर्ष २०७६÷०७७ र २०७७÷०७८ को बिनियोजित बजेट मार्फत निर्माण भइरहेको खानेपानी योजना विवादित बनेपछि योजनाको निर्माण कार्य रोकिएको छ । पञ्चदेवल विनायक नगरपालिकाको खानेपानी योजनामा आफ्ना पार्टीका कार्यकर्ता उपभोक्ता समितिमा नसमेटिएको भन्दै अध्यक्षले यसरी तोडफोड गर्न निर्देशन दिएको योजना उपभोक्ता समितिका अध्यक्ष बखतबहादुर कडायतको आरोप छ । नगपालिकाको बाघडोर सम्हालेका वडा अध्यक्ष जस्तो जिम्मेवार पदमा रहि नगरपालिकाकै योजनामा हस्तक्षप गरेको भन्दै समिति अध्यक्ष कडायतले आपत्ती जनाउनु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्