रैनादेवी छहराको भुवन पोखरीमा बन्दुकसहित दुईजना पक्राउ – Kanika Khabar
Thursday, April 18Nepali News Portal

रैनादेवी छहराको भुवन पोखरीमा बन्दुकसहित दुईजना पक्राउ

    मा प्रकाशित

कनिका खबर
साउन ३२, पाल्पा
पाल्पाको रैनादेवी छहरा ३ भुवनपोखरीबाट बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय मुझुङले अवैध रुपमा आफ्नै घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालयको टोलीले भुवनपोखरीस्थित बल्गामा अवैध रुपमा लुकाएर राखेको भरुवा बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय भोजबहादुर खाम्चा र २१ वर्षीय दीपेन्द्र खाम्चालाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको घरैबाट बन्दुक सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी मदन गिरीले जानकारी दिनुभयो । यस्तै प्रहरीले केही दिन अघि सोही गाउँपालिकाको वडा नं ३ स्थित छचुवाबाट स्थानीय गन बहादुर कुमाललाई आफ्नै घरमा अवैध रुपमा लुकाएर राखेको एक नाले भरुवा बन्दुक सहित पक्राउ गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्