नदीजन्य सामग्री उत्खनन् गर्ने साधन कारवाहीमा, चार लाख १५ हजार जरिवाना संकलन – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

नदीजन्य सामग्री उत्खनन् गर्ने साधन कारवाहीमा, चार लाख १५ हजार जरिवाना संकलन

    मा प्रकाशित

कनिका खबर
साउन ३२, नुवाकोट
नुवाकोटमा प्रहरीले अवैध रुपमा नदीजन्य सामग्रीको उत्खनन् नियन्त्रण अभियान शुरु गरेको छ । प्रहरीद्वारा अबैध रुपमा नदीजन्य पदार्थको उत्खनन तथा ओसार प्रसारमा संलग्न उपकरण तथा साधन कारबाहीमा परेका छन् । नदीजन्य पदार्थ उत्खनन् तथा ओसारप्रसार गर्ने ट्रिपर र स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला समन्वय समितिमा बुझाइएको जिल्ला प्रहरी कार्यालय नुवाकाटले जनाएको छ । नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अविनारायण काफ्लेले बेलकोटगढी नगरपालिका वडा नं ३ ठुलोबगरस्थित कोल्पुखोलाको किनारामा स्काभेटर प्रयोग गरी नदिजन्य पदार्थ उत्खनन गरी रहेको फेला पारेपछि नियन्त्रणनमा लिई कारवाहीका लागि पठाइएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय नुवाकोटद्वारा गस्तीमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई विदुरस्थित समन्वय समितिमा बुझाएको हो । त्रिशूली नदीको किनारामा अबैध उत्खननमा प्रयोग भएको स्काभेटरबाट ५० हजार रुपैया जरिवाना असुल गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । त्यस्तै अबैध बालुवा ढुवानी गरिरहेको बा २ क १७११ नम्बरको ट्रिपर नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ । बिदुर नगरपालिका वडा नं ५ शेराबाट बा२क १७११ नम्बरको ट्रिपर अबैध रुपमा उत्खनन् गरि बालुवा लोड गरि रहेकै समयमा प्रहरीले नियन्त्रणमा लिएको हो । नदीजन्य सामग्रीका्े अबैध उत्खननमा प्रयोग भएको ट्रिपरबाट २५ हजार रुपैया जरीवाना असुली भएको छ । असार १ गते देखी हाल सम्म १३ वटा ट्रिपर, एउटा आईचर, २ वटा ट्रयाक्टर र २ वटा स्काभेटरलाई नियन्त्रणमा लिई जरिवाना लिएर कारबाही गरेको नुवाकोट प्रहरीले जनाएको छ । नुवाकोटमा हालसम्म अबैध उत्खननमा प्रयोग भएको सवारी साधन तथा स्काभेटरबाट कुल ४ लाख १५ हजार रुपैया राजस्व संकलन गरिएको छ । नदिजन्य पदार्थको उत्खनन, ओसारपसार र प्रयोग सम्बन्धी बिषयमा जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा बसेको समन्वयात्मक बैठकले असार १ देखी भदौ मसान्तसम्म (३ महिना) नदिजन्य पदार्थको उत्खनन तथा संकलन गर्न प्रतिबन्ध लगाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्