विराटनगरमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु – Kanika Khabar
Thursday, April 24Nepali News Portal

विराटनगरमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन ३२, विराटनगर ।
नेपालमा कोरोनो सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ । संक्रमणबाट विराटनगरकी ५० वर्षीया महिलाको मृत्यु भएको हो । विराटनगर तीनपैनीकी महिलाको धरानमा निधन भएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत उनको निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार कोरोना संक्रमित ५० वर्षीया महिलालाई विराटनगरको न्यूरो अस्पतालबाट अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि शनिबार धरान रिफर गरिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्