दुर्घटना रोकथामका लागि पिपरीमै गाडियो चेतनामुलक होडिङ वोर्ड – Kanika Khabar
Friday, March 28Nepali News Portal

दुर्घटना रोकथामका लागि पिपरीमै गाडियो चेतनामुलक होडिङ वोर्ड

    मा प्रकाशित

ओमप्रकाश गुप्ता
दाङ, ३२ साउन ।
लकडाउन खुकुलो भई स्थानीय स्तरमा गाडी चल्न सुरू भएयता दाङको देउखुरी क्षेत्रमा सडक दुर्घटना निकै बढेको छ । गएको साउन महिनामा मात्रै राप्ती गाउँपालिकाको वडा नम्बर ५ र ८ मा ३ जनाको ज्यान गएको थियोे भने ५ जना घाइते भए । विषेश गरि राप्ती गाउँपालिकाको वडा नम्बर ८ पिपरीचोक दुर्घटनाको अझ उच्च जोखिममा रहेको छ । त्यही जोखिम तथा सडक दुर्घटना रोकथाम तथा सचेतनाका लागि प्रहरी चौकी सिसहनियाँले आफ्न‍ो ध्यान सडकमा राखेको छ । यसै क्रममा शनिबार चौकीले पिपरीको दुर्घटना क्षेत्रमा उछिन्न निषेध शिर्षक राखेर होडिङ वोर्ड राखेको छ ।
अन्य ठाउँमा पनि विस्तारै चेतनामूलक होडिङ वोर्ड राख्ने तयारीमा रहेको प्रहरी चौकी सिसहनियाँमा प्रमुख तथा प्रहरी नायव निरिक्षक गोपालकुमार मल्लले जानकारी दिएका छन् । होडिङ वोर्ड राख्ने कार्यमा चौकीमा कार्यरत ट्राफिक प्रहरी गणेश शाही र अन्य प्रहरी युनिट, शंकर युवा क्लवका पदाधिकारी र चेम्बर अफ कमर्सका महासचिव चुमबहादुर बुढा लगायतको सहभागिता रहेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्