नेकपाले बोलायो सचिवालय बैठक, भोलि नेकपाको सचिवालय – Kanika Khabar
Friday, March 29Nepali News Portal

नेकपाले बोलायो सचिवालय बैठक, भोलि नेकपाको सचिवालय

    मा प्रकाशित

कनिका खबर
साउन ३२, दाङ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाले भोलिका लागि सचिवालय बैठक बोलाएको छ । पार्टीमा जारी विवाद समाधानका लागि कार्यदल गठन गरिएसँगै नेकपामा सचिवालय बैठक बोलाउन माग भएको थियो । त्यसैअनुसार भोलि बिहान साढे नौ बजेका लागि बैठक बोलाइएको छ ।
कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको माग थियो । अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर उनीहरूले सचिवालय बैठक बोलाउन माग गरेका थिए । महासचिव विष्णु पौडेलको संयोजकत्वमा डाक्टर भीम रावल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र शंकर पोखरेल सदस्य रहेको कार्यदल बनाइएको थियो । कार्यदलमा रहेका पौडेल र पोखरेल प्रधानमन्त्री ओली निकट, शर्मा र भुसाल प्रचण्ड निकट तथा पाण्डे र रावल नेपाल निकट मानिनुहुन्छ । कार्यदलको पहिलो बैठक हिजो बसेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्