भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघ्यो – Kanika Khabar
Thursday, June 19Nepali News Portal

भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघ्यो

    मा प्रकाशित

कनिका खबर
साउन ३२, दाङ ।
भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नौ सय ४४ जनाको मृत्यु भएसँगै भारतमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५० हजार ९९ पुगेको छ । यस्तै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या २६ लाख नजिक पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा लगातार ५० हजारका दरले कोरोना सङ्क्रमितको दर बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा भारतमा ६३ हजार चार सय ९० जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या २५ लाख ९० हजार पाँच सय एक पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले भारतमा हाल ६ लाख ७७ हजारभन्दा बढी सक्रिय संक्रमितको संख्या रहेको छ भने १८ लाख ६२ हजारभन्दा बढी स्वस्थ भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्