आजबाट पाचौँ चरणको हवाइ उद्धार सुरु हुँदै – Kanika Khabar
Sunday, July 19Nepali News Portal

आजबाट पाचौँ चरणको हवाइ उद्धार सुरु हुँदै

    मा प्रकाशित

कनिका खबर
भदौ १, काठमाडौं
नोबेल कोरोना भाइरसको महामारीका कारण बिभिन्न मुलुकमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजबाट पाचौँ चरणको हवाइ उद्धार सुरु भएको छ । विदेशमा अलपत्र नेपालीलाई उनीहरूकै खर्चमा चार्टर उडानबाट स्वदेश फर्काउन आगामी १५ दिनसम्म पाँचौं चरणको उद्धार उडान जारी रहने छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गत शुक्रबार पाँचौं पटक थप ४३ वटा उडानलाई अनुमति दिएको थियो । उडानबाट कम्तीमा ७ हजार नेपाली स्वदेश फर्किन अपेक्षा गरिएको छ ।

सीसीएमसीले नेपाल वायुसेवा निगमलाई १७ वटा र हिमालय एयरलाइन्सलाई १५ वटा उद्धार उडानको अनुमति दिएको छ । युरोप र अमेरिकामा अलपत्र परेका नेपालीका लागि टर्किस एयरलाई पनि अनुमति दिइएको छ ।

यीबाहेक कतार एयर, फ्लाई दुबई, मालिन्दो एयर, जजिरा एयरवेज, कोरियन एयर, एयर अरेबिया, इतिहाद एयर र सिल्क एयरले पनि उडान भर्नेछन् । स्वदेश फर्किन चाहने नेपालीले पीसीआर वा आरडीटी परीक्षण नेगेटिभ आएको प्रमाणपत्र बुझाउनुपर्नेछ । बिभिन्न मुलुकमा रहेका नेपाली दूतावासहरूका अनुसार कम्तीमा ५० हजार नेपालीले स्वदेश फर्किन चाहना व्यक्त गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्