सिन्धुपाल्चोकमा आजबाट एक साताका लागि लकडाउन – Kanika Khabar
Friday, April 19Nepali News Portal

सिन्धुपाल्चोकमा आजबाट एक साताका लागि लकडाउन

    मा प्रकाशित

कनिका खबर
भदौ १, सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्लामा आजबाट एक साताका लागि लकडाउन अर्थात् बन्दाबन्दी गरिएको छ । शनिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले आजबाट एक भदौ सात गतेसम्मका लागि जिल्लामा लकडाउन गर्ने निर्णय गरेको हो । कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागू गराइने निर्णय भएको छ ।

जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का सङ्क्रमित देखिएको र जिल्लामा सङ्क्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको हो । कुनै पनि व्यक्ति अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै, सार्वजनिक सवारी साधन बन्द हुने छ भने सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् ।

होटल तथा रेष्टुरेन्ट, विद्यालय, सभा, गोष्ठी, तालिम सेमिनार, प्रदर्शन, शैलुन, खेलकुद गतिविधि सञ्चालन गर्न पाइने छैन । त्यस्तै बैंक, गैर सरकारी कार्यालय आवश्यक सेवा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन गर्न दिइने समेत निर्णय भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्