नेकपाका अध्यक्षद्वयले बनाएको कार्यदल अनुमोदन – Kanika Khabar
Thursday, March 28Nepali News Portal

नेकपाका अध्यक्षद्वयले बनाएको कार्यदल अनुमोदन

    मा प्रकाशित

कनिका खबर
भदौ १, दाङ ।
आज सोमबार बिहान बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्रको विवाद समाधानको लागि गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ । नेकपा सचिवालय बैठकले शुक्रबार गठन भएको कार्यदललाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री तथा पार्टीका एक नम्बर अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डले कार्यदलको प्रतिवेदनलाई परिमार्जनसहित सचिवालय वा स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने उनले बताए।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भूषाल सदस्य छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्