आज राती १२ बजेदेखि लागू हुनेगरी पोखरा महानगरमा निषेधाज्ञा – Kanika Khabar
Sunday, July 26Nepali News Portal

आज राती १२ बजेदेखि लागू हुनेगरी पोखरा महानगरमा निषेधाज्ञा

    मा प्रकाशित

कनिका खबर
भदौं १, पोखरा
समुदाय स्तरमा कोरोना सङ्क्रमण फैलदंै गएपछि पोखरा महानगरमा निषेधाज्ञा जारी गरिने भएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरी महानगरमा निषेधाज्ञा जारी हुने महानगरले जनाएको छ । पोखरा महानगरपालिकाको कोरोना सङ्क्रमण रोकथाम मूल समितिको आज बिहान बसेको बैठकले एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

यस अवधिमा खाद्यान्न र औषधी पसलबाहेक अरु सबै पसल बन्द रहने छन् । घर बाहिर निस्कन पाइने छैन । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्