बागमती सरकारबाट बाहिरियो एमाले, ६ मन्त्रीले दिए सामूहिक राजीनामा – Kanika Khabar
Wednesday, July 22Nepali News Portal

बागमती सरकारबाट बाहिरियो एमाले, ६ मन्त्रीले दिए सामूहिक राजीनामा

    मा प्रकाशित

काठमाडौँ ।  नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

काँग्रेसको नेतृत्वमा रहेको बागमती सरकारमा रहेका एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा दिदै सरकार छोडेका हुन् ।

केन्द्रीय तहमा नेपाली कांग्रेस र एमालेबीचको सत्ता सहकार्य अन्त्य भएपछि कर्णाली र सुदूरपश्चिमपछि अब बागमती प्रदेशमा पनि सहकार्य टुटेको छ ।

बागमती सरकारमा एमालेबाट उद्योगमन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री डा. दिनेशचन्द्र देवकोटा, स्वास्थ्यमन्त्री किरण थापा, वनमन्त्री भरतबहादुर केसी, कृषिमन्त्री मधुसूदन पौडेल र श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा सहभागी थिए ।

यसअघि मंगलबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको दाबि गरिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्