पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन भ्रमणमा प्रस्थान – Kanika Khabar
Thursday, July 23Nepali News Portal

पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन भ्रमणमा प्रस्थान

    मा प्रकाशित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल एक साताव्यापी भ्रमणका लागि बुधबार चीन प्रस्थान गरेका छन् ।

खनाल चिनियाँ सरकारको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनको भ्रमणमा गएका हुन् ।

भ्रमणका क्रममा उनले चिनियाँ नेतृत्वसँग नेपाल-चीन द्विपक्षीय सम्बन्ध, आपसी हित, मित्रता र सहयोगका विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

खनालको भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यसँग जोडेर हेरिएको उनको सचिवालयले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्