राष्ट्रिय विपद् प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सम्हाले कार्यभार – Kanika Khabar
Saturday, July 25Nepali News Portal

राष्ट्रिय विपद् प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सम्हाले कार्यभार

    मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले कार्यभार सम्हालेका छन् ।

पदभार ग्रहणसँगै उनले जाजरकोट भूकम्पबाट क्षतिग्रस्त १८८ घरधुरीको पुनर्निर्माण प्रक्रिया सुरु गर्ने सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् ।

मन्त्रिपरिषद्को २०८३ साउन ६ गते बसेको बैठकले डा. उप्रेतीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

कार्यभार सम्हालेसँगै उनले विपद्बाट प्रभावित नागरिकको पुनर्स्थापना तथा पुनर्निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्