बस्ती माथिबाट पहिरो झर्न थालेपछि हिमालीका ९६ परिवार विस्थापित – Kanika Khabar
Monday, July 27Nepali News Portal

बस्ती माथिबाट पहिरो झर्न थालेपछि हिमालीका ९६ परिवार विस्थापित

    मा प्रकाशित

कनिका खबर
भदौ १, बाजुरा
बाजुराको हिमाली गाउँपालिकामा बस्ती माथिबाट पहिरो झर्न थालेपछि स्थानीय विस्थापित भएका छन् । जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाको वडा नं ५ क्युडी गाउँ माथिबाट पहिरो झर्न थालेपछि ९६ परिवार विस्थापित भएका हुन् ।

गत एक सातादेखि लगातार परिरहेको वर्षाका कारण बस्ती माथिबाट पहिरो झर्दा ७ घरमा क्षति भएको हो भने गाउँ नै उच्च जोखिममा परेपछि स्थानीय अहिले विभिन्न स्थानमा पाल हालेर बसीरहेका हिमाली गाउँपालिकाका प्रवक्ता रमेश विकले पुष्टि गर्नुभएको छ । गाउँमाथिबाट पहिरो झर्न थालेपछि अहिले गाउँले स्थानीय मन्दिर क्षेत्रदेखि विभिन्न स्थानमा त्रिपाल टाँगेर बसी रहेका उहाँले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्