धादिङ धुँवाकोटका २४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

धादिङ धुँवाकोटका २४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

    मा प्रकाशित

कनिका खबर
भदौ १, धादिङ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ स्थित धुँवाकोटका २४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ अर्थात् कोरोना नभएको आएको छ । श्रावण २८ गते धुँवाकोटका ३२ बर्षीय पुरुषको कोरोना भाइरसबाट काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । कोरोना भाइरसबाट मृत्यु भएका पुरुषको परिवार, आफन्तजन तथा उनका सम्पर्कमा आएका २४ जनाको श्रावण ३० गते स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँ पठाइएकोमा सोमबार मात्र रिपोर्ट नेगेटिभ आएको नीलकण्ठ नगरपालिका धादिङका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिनुभयो । पीसीआर रिपोर्ट नेगेटिभ आएका २४ जनालाई घर पठाउने तयारी भएको आइशोलेसनमा कार्यरत नर्स विद्या श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार पीसीआर रिपोर्ट नेगेटिभ आएका २४ जनालाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने सहमतिमा घर पठाउन लागिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्