दाङमा माटोको ढिस्कोले पुर्दा १३ वर्षीय बालकको मृत्यु, एक जना घाइते – Kanika Khabar
Sunday, July 26Nepali News Portal

दाङमा माटोको ढिस्कोले पुर्दा १३ वर्षीय बालकको मृत्यु, एक जना घाइते

    मा प्रकाशित

दाङ/दाङको देउखुरीमा गएराति माटोको ढिस्कोले पुर्दा एक जना बालकको मृत्यु भएको छ । सोही घटानामा परि अर्का एकजना किशोर घाइते भएका छन् ।

जिल्लाको राजपुर गाउँपालिका–२ पिपल डाँडाका १३ बर्षीय दीपेश चौधरीको माटोको ढिस्कोले पुर्दा मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी डा. हेमबहादुर केसीका अनुसार सोही घटनामा परि स्थानीय १८ बर्षीय सुमित यादव घाइते छन् । लमहीमा उनको उपचार जारी रहेको तथा उनी खतरा मुक्त रहेको डिएसपी केसीले जानकारी दिए ।
डिएसपी केसीका अनुसार स्थानीय चालक २८ बर्षीय रामप्रताप यादवलाई प्रहरीले मध्य राति नियन्त्रणमा लिएको थियो ।
चालक यदाव शनिबार राति ९ बजेतिर बेलास्थित दुर्गा सामुदायिक वन भित्र दुई बालकलाई साथमा लगेर ट्याक्टर बाट माटो चोरी निकासी गर्न गएको भन्ने खुलेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गढवाले आइतबार बिहान घटनास्थल पुगेर थप अनुसन्धान गर्दै छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्