दाङमा १ सय ७० जनाको आरडिटी टेस्ट, आइसोलेसनमा १० र क्वारेन्टाइनमा ७६ जना – Kanika Khabar
Friday, March 13Nepali News Portal

दाङमा १ सय ७० जनाको आरडिटी टेस्ट, आइसोलेसनमा १० र क्वारेन्टाइनमा ७६ जना

    मा प्रकाशित

कनिका डेस्क
बैशाख २२ दाङ ।
दाङमा अहिलेसम्म १ सय ७० जनाको ¥यापिड डायग्नोस्टिक टेस्ट परीक्षण गरिएको छ । २ हजारको स्वाब परिक्षण गर्ने लक्ष्य रहेकोमा जिल्लामा अहिलेसम्म १ सय ७० सय जनाको स्वाब परीक्षण भएको छ । परीक्षण गरिएका सबैमा कोरोना सङ्क्रमण देखिएको छैन ।

कोरोना त्रासको जोखिम सुरु भए यता जिल्लाम भित्रिएका झण्डै दुई हजार नागरिकको स्वाब परीक्षण गर्ने लक्ष्य राखिएको छ तर पछिल्लो अवस्थामा बाहिरबाट भित्रिने सङ्ख्यामा वृद्धि भइसकेको छ । अहिलेसम्म १ सय ७० जनाको मात्रै परीक्षण भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । ‘जिल्लाका दुई हजार नागरिकको स्वाब परीक्षण गर्ने लक्ष्य राखेका छौँ,’ उनले भने ‘हामीहरु यस्ता अलिक शंकास्पदहरुको खोज अनुसन्धानमा लागेका छौँ ।’ हिजो नेपालगञ्जबाट आएकाहरुको आज राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण भइरहेको छ । परीक्षण हुँदै गरेकाको यो समाचार तयार पार्दासम्म रिपोर्ट आइसकेको छैन ।

अहिले दाङ जिल्लामा ७६ जना क्वारेन्टाइन मा रहेका छन् भने १० जना आइसोलेसनमा रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्