कोरोना नियन्त्रण पहिलो प्राथामिकता हो : मुख्यमन्त्री भटट् – Kanika Khabar
Monday, October 14Nepali News Portal

कोरोना नियन्त्रण पहिलो प्राथामिकता हो : मुख्यमन्त्री भटट्

    मा प्रकाशित

कनिका खबर
दिपायल, भदौँ १ ।

बिश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड(१९) को रोकथाम तथा नियन्त्रण गर्नु नै सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख उद्देश्य रहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताए। गृह जिल्ला डोटी आएका मुख्यमन्त्री भट्टले आज सोमबार डोटीको दिपायल राजपुरमा प्रेस सेन्टर डोटीले आयोजना गरेको जिल्लाका पत्रकारहरुसँगको भेटघाटका क्रममा पछिल्लो समय प्रदेश सरकार कोरोना नियन्त्रण अभियानमा बढी केन्द्रित भएको बताए।

उनले भने, “कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकार बढी केन्द्रित भएको छ, कोरोनालाई परास्त गरेरै छोड्ने छौँ ।”सोही भेटघाटकै क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले कोरोना नियन्त्रणमा उल्लेख्य भुमिका खेलिरहेका कारण समुदायमा कोरोना फैलिन नपाएको दाबी समेत गरे । उनले थपे, “भारतबाट रोजगारी गरीी फर्किएका ८० देखि ९० हजार नागरिक क्वारअन्टटिनमा  हाम्रै प्रदेश पहिलो हो, हामीले बेलैमा सचेत अपनाउदा समुदायमा कोरोना सर्नबाट बचाएका छौँ, हामी कोरोना लाई नियन्त्रण गरेरै छोड्छौँ ।” एक छुट्टै प्रसंगमा बोल्ददै मुख्यमन्त्री भट्टले संघीय सरकारले प्रदेश सरकारको
कुरा नसुन्दा सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या बढेको आरोप लगाए ।
“हामीले सिमा नाका सिलगरौँ र पिसिआर परिक्षण गरेर मात्रै नेपाल छिर्न दिउ भन्दा संघीय सरकारले मानेन, सिमा नाका खुलायो, अहिले कोरोना संक्रमितको सङ्ख्या बढ्यो”, उनले भने,  `संंघीय  सरकारले प्रदेश सरकारले भनेको नमान्दा जम्मा दुई जना संक्रमित देखिएको सुदूरपश्चिममा हजारौँ संक्रमित थपिए, हामीलाई कन्ट्राेेल गर्न समस्या भयो ।” एउटै गाउँपालिकामा वर्षेनी एउटै किसिमका योजना बजेट पर्ने गरेको भन्ने पत्रकारहरुको जिज्ञासामा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले वर्षेनी एउटै योजनामा बजेट नहालेको र कहि कतैबाट त्यसरी बजेट परेको भए तत्काल खारेज गरिने समेत बताए ।
उनले भने, “प्रदेश सरकारले जानी जानी एउटै योजनामा वर्षेनी बजेट हालेको छैन, कहि कतै कुनै गलत
तरिकाबाट बजेट गएको भए खारेज हुन्छ ।”

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्