खाली पेटमा दही र चिनी खाँदा स्वास्थ्यलाई निकै फाइदा – Kanika Khabar
Friday, March 29Nepali News Portal

खाली पेटमा दही र चिनी खाँदा स्वास्थ्यलाई निकै फाइदा

    मा प्रकाशित

एजेन्सी, भदौ २

नेपाली परम्परामा दही र चिनी शुभसाइतका लागि खाने प्रचलन रहेको छ । तर, वैज्ञानिक रुपमा खाली पेटमा दही र चिनी खाँदा स्वास्थ्यलाई निकै फाइदा पुग्छ । दहीलाई चिनीमा मिसाएर खाँदा यसले क्याटालिस्टको काम गर्छ जुन शारीरिक र मानसिक रुपमा फाइदाजनक हुन्छ ।

‘सुपर फुड’
दहीलाई सुपर फुड मानिन्छ । यसमा थुप्रै गुणहरु पाइन्छ । जुन हाम्रो शरीरका लागि फाइदाजनक छ । दहीले पाचन प्रक्रियालाई मजबुत बनाउँछ । हरेक दिन दहीको सेवनले पेटसम्बन्धी समस्याको समाधान गर्छ । यसका साथै दहीमा विभिन्न प्रकारका पोषक तत्व पनि पाइन्छ । दहीमा क्याल्शियम, भिटामिन बी–१२, भिटामिन बी–२, म्याग्नेशियम, पोटाशियम जस्ता महत्वपूर्ण पोषक तत्त्वले भरिपूर्ण हुन्छ । दहीलाई चिनीसँग खाने हो भने यसले शरीरलाई अझ धेरै फाइदा पुर्याउँछ । घरबाट बाहिर निस्किँदा दही र चिनी खाने हो भने यसले शरीरमा ग्लुकोजको मात्रा बढाउँछ र शरीरलाई उर्जा दिन्छ ।

१. गुड ब्याक्टेरिया
दहीमा पाइने गुड ब्याक्टेरियाले पाचनप्रक्रियामा मद्दत गर्छ । यो ब्याक्टेरिया पेटको लागि फाइदाजनक मानिन्छ । दही खाँदा यस्तो ब्याक्टेरिया बढ्छ । जसले इम्युनिटी पावरलाई बढावा दिन्छ । साथै उक्त ब्याक्टेरियाले क्यान्सर जस्ता गम्भीर रोगबाट पनि बचाउँछ ।

२. पेटमा जलन हुँदैन
बिहानको नास्तामा दही–चिनी खाने हो भने दिनभर पेटमा जलन पैदा हुँदैन । यसले पेटमा अम्लियताको मात्रा कम गराइदिन्छ । आयुर्वेदमा चिनीलाई पेटका लागि फाइदाजनक मानिन्छ । यसले पित्त दोष कम हुन्छ । बिहान खाली पेटमा दही खाँदा दिनभर स्फुर्ती रहिरहन्छ ।

३. युटीआई र जलन कम
दही र चिनी खाँदा सिस्टिटिस र युटिआई जस्ता समस्याबाट छुटकारा मिल्छ । मलद्वार र मुत्राशयमा हुने जलन कम गराउँछ । जो व्यक्तिले पानी कम पिउने गर्छन् ति व्यक्तिहरुका लागि दही आवश्यक मानिन्छ । दहीमा भिटामिन ए, भिटामिन ई, भिटामिन सी, फोलेट, क्याल्शियम, भिटामिन बी–१२, भिटामिन बी–२, म्याग्नेशियम, पोटाशियम, भिटामिन पाइरिडोक्सिन, क्यारोटिनाइड जस्ता भिटामिनहरु पाइन्छ जसले पेटलाई तन्दुरुस्त राख्छ ।

४. ग्लुकोज
दहीचिनी खाँदा शरीरमा तुरुन्तै ग्लुकोजको मात्रा पूरा हुन्छ । त्यसैले घरबाट बाहिर निस्किँदा दही र चिनी खुवाउने गरिन्छ । ग्लुकोजले दिमाग र शरीरमा तुरुन्तै उर्जा प्रदान गर्छ ।

५. पचाउँन सहज
दूधभन्दा छिटो दही पच्छ । दहीमा हुने प्रोटीन सजिल्यै पचाउन सकिन्छ । नास्तामा दही वा दहीबाट बनेको खानेकुरा खाँदा दूधभन्दा छिटो पच्ने भएकाले पेटलाई हल्का राख्न मद्दत पुग्छ ।

ध्यान दिनुहोस्ः
दहीचिनी शरीरका लागि फाइदाजनक त छ तर रातमा दहीचिनी खानु भने राम्रो हुँदैन । जो व्यक्तिलाई चिसो लाग्ने तथा खोकी, दमको समस्या छ त्यस्ता व्यक्तिहरुले दहीचिनी खानुहुँदैन । तौल बढी छ, मधुमेहको समस्या छ भने दहीमा चिनी हालेर खानुहुँदैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्