बाँकेमा थप एक जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

बाँकेमा थप एक जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ २, वाँके
कोरोनाका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले नेपालगञ्ज उपमहानगरपालिका–५ का ६२ बर्षिय एक जना पुरुषको गएराति करिब साढे ११ बजे नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार मृतकको दुवैतर्फको फोक्सोमा निमोनिया भएको थियो । उनलाई ३० साउनमा लक्षण देखिएपछि परिवारका सदस्यले ३२ साउनमा उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरेका थिए । कोरोनाको लक्षण देखिएपछि अस्पतालको आइसोलेसनमा राखेर उनको उपचार शुरु गर्नुका साथै पिसिआर जाँचका लागि स्वाब लिइएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको छ । हिजो उनको रिपोर्टमा कारोना पुष्टि भएको थियो ।

नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज शिक्षण अस्पतालका सह निर्देशक डा रोमन किदवाईका अनुसार मृतकलाई कोराना भएको पुष्टि भएपछि प्लाज्माका लागि सङ्क्रमणबाट निको भएकालाई रगत दिन आह्वान गरिएको थियो । तर कसैले पनि ए पोजेटिभ रगत नदिएपछि ती व्यक्तिको उपचार अगाडि बढ्न सकेको थिएन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्