कोरोना सङक्रमितलाई वेड अभाव – Kanika Khabar
Sunday, July 19Nepali News Portal

कोरोना सङक्रमितलाई वेड अभाव

    मा प्रकाशित

कनिका खबर
भदौ २, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकमा कार्यरत गैरसरकारी संस्था सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (सिडिइसिएफ) का चार जना कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएको मध्ये दुईजना मेलम्चीको क्षेत्रीय आइसोलेसनमा बसेकाछन् । तर, सदरमुकाम चौतारामा रहेका सङक्रमितलाई व्यवस्थापन गर्न नसक्दा प्रहरीले पहरा दिएर कार्यालयमै राखेको छ । उनीहरूलाई हिजो बसेको संकट व्यवस्थापन समितिको बैठकले चौतारा अस्पताल राख्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म राख्न सकिएको छैन । चौतारा साँगाचोकगढी नगरपालिकाले कोरोनाका नाममा ९० लाख भन्दामाथि खर्चिएको छ । जिल्लामा ८ सय १७ वेडको क्वारेन्टाइन र ७० बेडको आइसोलेसन रहेको तथ्यांक छ । तर यी दुई सङक्रमितले आइसोलेसन बेड पाउन सकेका छैनन् । उनीहरूमा कोरोना देखिएपछि चौतारा साँगाचोकगढी नगरपालिका ५ किसानटोलको घर, संस्थाका कर्मचारी खाजा, खाना खाने स्थानीय बाबुकाजी श्रेष्ठ र नारायण श्रेष्ठको होटललाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । कोरोना संक्रमण पुष्टि भएपछि सिडिईसिएफका १ महिला र १ पुरुषलाई मेलम्चीको बाहुनेपाटीस्थित आइसोलेशन र १ महिला र १ पुरुषलाई चौतारा अस्पतालको आइसोलेशनमा राख्ने निर्णय भएको थियो। तर, चौतारामा रहेका दुईजनाले आइसोलेसन बेडपाउन नसकेका हुन् ।

कोरोना सङक्रमित भएकाहरु चितवनमा एक तालिममा सहभागी भई साउन २८ सिन्धुपाल्चोक पुगेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्