बैंकले बिर्साउँदै छन् लकडाउन – Kanika Khabar
Saturday, April 20Nepali News Portal

बैंकले बिर्साउँदै छन् लकडाउन

    मा प्रकाशित
(फोटोः नरेन्द्र के.सी.को वालवाट)

कनिका संवाददाता
बैशाख २२, दाङ ।
कोभिड १९ को सङ्क्रमणबाट सुरक्षित रहनका लागि सरकारले गरेको लकडाउनको घोषणालाई देश्व्यापी रुपमा प्रभावकारी बनाउन स्थानीय प्रशासन तथा सरोकारवाला पक्षहरु लागिपरेका छन् ।

दाङमा पनि लकडाउनलाई प्रभावकारी बनाउनका लागि सरोकारवाला निकायहरु अहोरात्र खटिरहेका छन् । पछिल्लो समयमा दाङका केही वैकहरु लगडाउन नै भुलाउने गरी खुकुलो हुन थालेपछि चौतर्फी आलोचना सुनिन थालेको छ । स्थानीय प्रशासनले खुकुलो बनाएको समयलाई समेत छिचोलेर बैकहरुले सेवा दिन थालेपछि यस्तो समस्या देखिन थालेको हो । केही बैकहरुले ग्राहकलाई फोन गर्ने र ऋणको किस्ता समेत माग गर्ने गरेको गुनासो पनि आइरहेको छ । कोरोना भाइरसको सङ्क्रमण कागजमा झनै जोखिम रहने कुरा विज्ञहरुले बताउँदै आएका छन् । यस्तो संवेदनशील क्षेत्र खुकुलो बन्दै गएको मात्र छैन सामाजिक दूरीको समेत पालना गरेको पाइदैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्