रुसले तयार पारेको कोरोना बिरुद्धको औषधिको तेस्रो परिक्षण अर्को साताबाट सुरु हुने – Kanika Khabar
Monday, July 27Nepali News Portal

रुसले तयार पारेको कोरोना बिरुद्धको औषधिको तेस्रो परिक्षण अर्को साताबाट सुरु हुने

    मा प्रकाशित

कनिका खबर
भदौ २, दाङ ।
रूसले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको तेस्रो चरणको मानव परीक्षण सुरु गर्न लागेको छ । गत मंगलवार रूसले विश्वकै पहिलो कोरोना विरुद्धको खोप विकास गरेको दावी गर्दै मानवमा लगाउनका लागि तयार रहेको दावी गरेको थियो । दुई चरणको परीक्षण लगतै मानिसमा लगाउन तयार रहेको भन्दै खोपको उत्पादन समेत सुरु गरिसकेको रूसको खोपप्रति विश्वका विभिन्न वैज्ञानिकले चिन्ता जनाउँदै मानिसमा खोप नलगाउन आग्रह गरेको थियो । वैज्ञानिकहरुको तिनै चिन्तालाई अन्त्य गर्न रूसले स्पुतनिक भी नामक खोपको अब तेस्रो चरणको मानव परीक्षण आउने साताबाट सुरु गर्न लागेको छ । तेस्रो चरणको मानव परीक्षणमा मस्कोका दश हजार मानिसलाई सहभागि गराइने छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्