अविरल वर्षासँगै आएको बाढी पहिरोले तलिगोठी खानेपानीमा लाखौंको क्षति – Kanika Khabar
Thursday, March 28Nepali News Portal

अविरल वर्षासँगै आएको बाढी पहिरोले तलिगोठी खानेपानीमा लाखौंको क्षति

    मा प्रकाशित

सर्मिला रोकाया
भदौ २, बाजुरा ।
अविरल वर्षासँगै आएको बाढी पहिरोले बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ३ भुलेनामा रहेको तलिगोठी डिल खाडा खानेपानीमा लाखौंको क्षेती भएको छ । आर्थिक वर्ष २०७४÷७५ मा बुढीनन्दा नगरपालिकाबाट विनियोजित बजेट तथा स्थानीयको श्रमदानमा निमार्ण सम्पन्न भुलेना तलिगोठी खानेपानी बाढी पहिरोले वगाएको स्थानीयले बताएका छन् । नगरपालिकाबाट७ लाख र स्थानीयको जनश्रमदानबाट ३ लाखमा निमार्ण सम्पन्न खानेपानी पहिरोले बगाउदा करीव १० लाख वरावरको क्षेती भएको वडा नं तीनका वडा अध्यक्ष राम बहादुर बोहोराले जानकारी दिएका छन् । वडा नं तीनका करिव ६२ घरपरिवार लावान्दित रहेको उक्त खानेपानी गत साउन ३२ गतेको अविरल वर्षासँगैको बाढी पहिरोले वगाएको हो । भुलेना टोलका स्थानीयले हाल ३० मिनेट हिँडेर धुपीधारा नाउलाको पानी खान थालेको खानेपानी उपभोक्ता समिति सचिव आउँसे लवारले जानकारी दिुएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्