हिमाली गाउँपालिकाका ९२ परिवार पहिरोको उच्च जोखिममा – Kanika Khabar
Friday, February 14Nepali News Portal

हिमाली गाउँपालिकाका ९२ परिवार पहिरोको उच्च जोखिममा

    मा प्रकाशित

कनिका खबर
भदौ ३, बाजुरा
निरन्तरको वर्षासँगै झरेको बाढी र पहिरोका कारण बाजुराको हिमाली गाउँपालिका वडा नम्बर दुईका ९२ घर परिवार उच्च जोखिममा परेका छन् । एक सातादेखिको निरन्तरण वर्षा सँगैको बाढी र पहिरोका कारण वडा नम्बर दुईको रुम्दी गाउँमा रहेका ९२ घर मध्ये २७ घर पहिरोको उच्च जोखिममा रहेका वडाअध्यक्ष धनरुप बुढाले जानकारी दिनुभयो । लगातारको वर्षाले बस्ती आसपासको जमिन कटान गर्न थालेपछि वडा नम्बर दुईका रुम्दी, नातिखोला र कोटी गाउँ पहिरोको जोखिममा परेको उहाँले बताउनुभयो ।

वर्षाका कारण जमिन भासिएर पहिरो झर्न थालेकाले उक्त बस्ती जोखिममा परेपछि स्थानीयलाई अहिले विभिन्न स्थानमा स्थान्तरण गरिएको वडाअध्यक्ष बुढाको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्