भारतबाट आएको १५ दिन बितिसक्दा समेत पालिकालाई जानकारी छैन – Kanika Khabar
Sunday, May 31Nepali News Portal

भारतबाट आएको १५ दिन बितिसक्दा समेत पालिकालाई जानकारी छैन

    मा प्रकाशित

कनिका खबर
भदौ ३, बाग्लुङ
बाग्लुङको बरेङ गाउँपालिकाका २ जना ब्यक्ति भारतबाट आएर १५ दिन घरमा बस्दा पनि बरेङ गाँउपालिका बेखबर रहेको पाईएको छ । बरेङ गाउँपालिका वडा न २ तङग्रामका जितबहादुर सुनार र लोकबहादुर सुनार घरमा आमाको मृत्यु भएपछि भारतको आग्राबाट साउन २० गते आएर काजकिरियामा बसेका थिए । १३ दिन काजकिरिया बसेर आफन्त जनको साथमा टिका टालो लगायत सम्पूर्ण काम सक्दा समेत पालिकालाई कुनै जानकारी नभएको पाइएको हो । सुनारले वडा न २ का वडा सदस्य रनबहादुर क्षेत्रीलाई आफूले जानकारी गराएको बताउनुभएको छ । क्षेत्रीकै सरसल्लाहमा आफूहरू भारतबाट आएको र काजकिरियामा बसेको सुनारले बताउनुभयो ।

बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुन आफूले पटक पटक वडा न २ का जनप्रतिनिधीलाई वडा न २ मा भारतबाट आएका ब्यक्तिको बिबरण माग गरेको तर कसैलेपनि यस विषयमा कुनै जानकारी नगराएको बताउनुहुन्छ । सुनारको स्वाब नमुना तिजपछि मात्रै संकलन गर्न सकिने स्वास्थ्य शाखाप्रमुख पुनले बताउनुभयो । जनप्रतिनीधि र कर्मचारीको लापरवाहीका कारण समुदायमा सङ्क्रमण फैलिने होकी भन्ने चिन्तामा स्थानीय रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्