दाङ । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले श्री पशुपति विद्याश्रम नारायणपुर, दाङले १ लाख ५ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ।
विद्यालयले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। विद्यालयका प्रिन्सिपल केशव थापाका अनुसार बाढीपीडितको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले बुधबार रकम जम्मा गरिएको हो।
विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्वसमेत भएकाले विद्यालयले आफ्नो तर्फबाट आर्थिक सहयोग गरेको प्रिन्सिपल थापाले बताए।
भोटेकोशी क्षेत्रमा बाढीका कारण जनधनमा क्षति पुगेपछि प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था तथा संघसंस्थाले सहयोग गर्दै आएका छन्। सोही अभियानअन्तर्गत पशुपति विद्याश्रमले पनि प्रधानमन्त्री विपद् कोषमार्फत आफ्नो योगदान गरेको हो।
विद्यालयको यो सहयोगले विपद्मा परेका नागरिकलाई राहत पुर्याउन सहयोग पुग्ने विश्वास गरिएको छ।


