आलोचनापछि संसदलाई बाँडिएको लोगो फिर्ता – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

आलोचनापछि संसदलाई बाँडिएको लोगो फिर्ता

    मा प्रकाशित

कनिका खबर
भदौ ३, दाङ ।


संसद सचिवालयले अद्यावधिक नक्साहितको सांसदहरुलाई वितरण गर्न बनाएको लोगो फिर्ता गरेको छ । चौतर्फी आलोचनापछि भएपछि सचिवालयले फिर्ता गरेको हो । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले एक विज्ञप्ति जारी गर्दै लोगो फिर्ता गरेको जानकारी दिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरबाट प्राप्त भएका केही ब्याच पिनहरुमा संरचनागत र साजसज्जा सम्बन्धी केही समस्याहरु देखिएकोले सोको सुधार र परिमार्जनका लागि मिति २०७७/०५/०२ मा त्यस कार्यालयमा फिर्ता पठाइएको विज्ञप्तिमा उल्लेख छ ।

कार्यालयले अद्यावधिक नक्सालगायतका विषयमा परिमार्जन गरी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको विज्ञप्तिमा जनाइएको छ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको हो। कार्यव्यवस्था परामर्श समितिको सोही निर्णयअनुसार संघीय संसद सचिवालयले ३५० थान नयाँ लोगो तयार गरेको हो।

लोगोमा दुई लाल सुनको जलप लगाइएको र १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ । प्रति लोगो ५ हजार ५ सय २७ रुपैंया खर्च लागेको बताइएको छ ।
तर, लोगो भद्दा भएको भन्दै सांसदहरुले सार्वजनिक रुपमा नै लोगो नलाउने बताएका थिए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्