अलविदा राष्ट्रकवि, अब सम्झनामा मात्र राष्ट्रकवि – Kanika Khabar
Wednesday, April 17Nepali News Portal

अलविदा राष्ट्रकवि, अब सम्झनामा मात्र राष्ट्रकवि

    मा प्रकाशित

कनिका खबर
भदौ ३, दाङ ।


राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज बुधवार अन्तिम संस्कार गरिएको छ । हिजो मंगलबार निधन भएका राष्ट्रकवि घिमिरेको आज पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको हो ।

राष्ट्रकवि घिमिरेलाई दाहसंस्कारअघि सेना र सशस्त्रको टुकडीले सालमी अर्पण गरेको थियो । आजै बिहान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले दिवंगत राष्ट्रकवि घिमिरेलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । राष्ट्रकविको निवास पुगेर कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायत श्रद्धाञ्जली अर्पण गरेका थिए ।
राष्ट्रकविको १९७६ साल असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको पुस्तुनमा जन्म भएको थियो । १०१ वर्षको उमेरमा हिजो मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा उनको निधन भएको हो ।

तस्वीर सेतोपाटीबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्