तुलसीपुरमा एक युवकमाथि चक्कु प्रहार – Kanika Khabar
Friday, April 19Nepali News Portal

तुलसीपुरमा एक युवकमाथि चक्कु प्रहार

    मा प्रकाशित

कनिका खबर
भदौ ३, दाङ ।
दाङको तुलसीपुरमा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन् । पुरानो रिसवीलाई लिएर तुलसीपुर उपमहागनरपालिका–३ दमारगाउँ निवासी २० वर्षका यज्ञबहादुर विकलाई ९÷१० जना युवाहरुको समुहले चक्कु तथा लाठी, ढुङ्गाले समेत प्रहार गरेर घाईते बनाएको पीडितले जानकारी दिएका छन् ।

बिकलाई सोही ठाउँ निबासी २१ बर्षका निशान्त शाही, १८ बर्षका बरुण गुरुङ, २० वर्षका बिशाल मल्ल, २१ बर्षका प्रकाश गुरुङ, १९ बर्षका देवीराम मगर सहितका युवाले कुटपिट गरेको र ५ जनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । घटना गएराति ११ बजे भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्