तुलसीपुरमा एक युवकमाथि चक्कु प्रहार – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

तुलसीपुरमा एक युवकमाथि चक्कु प्रहार

    मा प्रकाशित

कनिका खबर
भदौ ३, दाङ ।
दाङको तुलसीपुरमा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन् । पुरानो रिसवीलाई लिएर तुलसीपुर उपमहागनरपालिका–३ दमारगाउँ निवासी २० वर्षका यज्ञबहादुर विकलाई ९÷१० जना युवाहरुको समुहले चक्कु तथा लाठी, ढुङ्गाले समेत प्रहार गरेर घाईते बनाएको पीडितले जानकारी दिएका छन् ।

बिकलाई सोही ठाउँ निबासी २१ बर्षका निशान्त शाही, १८ बर्षका बरुण गुरुङ, २० वर्षका बिशाल मल्ल, २१ बर्षका प्रकाश गुरुङ, १९ बर्षका देवीराम मगर सहितका युवाले कुटपिट गरेको र ५ जनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । घटना गएराति ११ बजे भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्