नेपालमा थप ६ सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि – Kanika Khabar
Thursday, March 28Nepali News Portal

नेपालमा थप ६ सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौ ३, काठमाडौं
नेपालमा पछिल्लो २४ घन्टामा थप ६ सय ८१ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालका विभिन्न ३९ प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६ सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले योसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या २८ हजार ९ सय ३८ पुगेको बताउनुभयो । यस्तै उहाँले पछिल्लो २४ घन्टामा १ सय २० जना कोरोना सङ्क्रमति निको भएको र नेपालमा हालसम्म कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या १७ हजार ७ सय पुगेको पनि जानकारी दिनुभयो । यसैगरी नेपालमा हाल १३ हजार ७ सय ७५ जना क्वारेन्टाइनमा रहेको र पछिल्लो २४ घन्टामा ११ हजार ५ सय २२ पिसिआर परीक्षण गरिएको छ ।

यसैबीच, मुलुकभर कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा मुलुकका ६ जिल्लामा ६ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो । मृत्यु हुनेमा काठमाडौं र बर्दियाका १–१ पुरुष तथा मोरङ, भक्तपुर, चितवन र सुनसरीका १–१ जना महिला गरी ६ जना रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्