प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष श्रेष्ठलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष श्रेष्ठलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

    मा प्रकाशित

कनिका खबर
भदौ ३, काठमाडौं
सर्वाेच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नहटाउन अन्तरिम आदेश दिएको छ । सरकारले श्रेष्ठलाई कार्यवाहक अध्यक्षबाट हटाएर गत सोमबार दुर्गा भण्डारी पौडेललाई कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो । सरकारले श्रेष्ठलाई हटाएर भण्डारीलाई कार्यवाहक अध्यक्ष नियुक्त गरेपछि प्रेस काउन्सिल बोर्ड ऐनविपरीत नियुक्त गरिएको भन्दै सर्वोच्च अदालत पुगेको थियो । रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अहिलेका कार्यवाहक अध्यक्ष श्रेष्ठलाई हटाउने कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो । साउन ३१ गते काउन्सिल सदस्यमा नियुक्त गरिएकी भण्डारीलाई सोमबारको मन्त्रिपरिषद् बैठकले कार्यवाहक अध्यक्षमा नियुक्त गरेको थियो । काउन्सिलको नियमावली संशोधन गर्दै सरकारले कार्यवाहक अध्यक्ष भण्डारीलाई नियुक्त गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्