यहि बर्षको अन्त्यसम्म कोरोना भाइरस विरुद्धको खोप बनाइसक्ने चीनको दावी – Kanika Khabar
Sunday, July 19Nepali News Portal

यहि बर्षको अन्त्यसम्म कोरोना भाइरस विरुद्धको खोप बनाइसक्ने चीनको दावी

    मा प्रकाशित

कनिका खबर
भदौ ३, दाङ
चीनको औषधि उत्पादक कम्पनी सिनोफार्मले यसै वर्षको अन्त्यसम्म कोरोना भाइरस विरुद्धको खोप बनाइसक्ने दावी गरेको छ । सिनोफार्मका अध्यक्ष लिउ जिङ्गझेनका अनुसार कोरोना भाइरस विरुद्धको खोपको तेस्रो चरणको परीक्षण संयुक्त अरब इमिरेट्स (युएई) मा जारी रहेको र यसको नतिजा डिसेम्बरसम्म आइसक्नेछ । खोप परीक्षणको क्रममा लिउले आफूले पनि खोपको दुई वटा डोज लगाएको जानकारी दिनुभयो । उहाँले ग्लोबल टाइम्सलाई दिएको जानकारी अनुसार अहिलेसम्म खोपको कुनैपनि नकारात्मक असर आफूले अनुभव नगरेको पनि दावी गर्नुभयो ।

चीनको बेइजिङ्ग र वुहान शहरमा रहेको यस कम्पनीले एक वर्षमा १० करोड २ लाखसम्म खोप उत्पादन गर्ने गर्न सक्ने भन्दै लिउले यस खोपको दुई डोजको मूल्य एक हजार युआन अर्थात् १० हजार ७ सय रुपैयाँ पर्ने बताउनुभयो । हाल विश्वभर झन्डै २ सय कोरोना विरुद्धको खोपमाथि परीक्षण जारी छ । जसमा २० भन्दा बढी खोप मानव परीक्षणका लागि तयार भइसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्