६ लाख ४० हजार रकमसहित दुई महिला पक्राउ – Kanika Khabar
Monday, August 24Nepali News Portal

६ लाख ४० हजार रकमसहित दुई महिला पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौ ३, रौतहट ।
रौतहट जिल्लामा स्रोत नखुलेको ६ लाख ४० हजार रूपैयाँसहित दुई महिला पक्राउ परेका छन् ।

अस्थायी प्रहरीचौकी महादेवपट्टीको टोलीले गौर नगरपालिका वडा नम्बर ३ दशगजा क्षेत्रबाट दुई महिलालाई नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ ।
घाँस काट्न आएका दुई भारतीय महिलाका साथबाट स्रोत नखुलेको रकम भेटिएपछि नियन्त्रणमा लिएको रौतहट प्रहरी प्रमुख एसपी रबिराज खड्काले बताए ।

पक्राउ पर्नेमा भारत विहार राज्य जिल्ला सीतामढी बैरगनियाँ ग्राम पञ्चायत वडा नं १ सिन्दुरिया बस्ने ४५ वर्षीया शान्ति देवी र ४५ वर्षीया मीना देवी छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्