६ लाख ४० हजार रकमसहित दुई महिला पक्राउ – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

६ लाख ४० हजार रकमसहित दुई महिला पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौ ३, रौतहट ।
रौतहट जिल्लामा स्रोत नखुलेको ६ लाख ४० हजार रूपैयाँसहित दुई महिला पक्राउ परेका छन् ।

अस्थायी प्रहरीचौकी महादेवपट्टीको टोलीले गौर नगरपालिका वडा नम्बर ३ दशगजा क्षेत्रबाट दुई महिलालाई नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ ।
घाँस काट्न आएका दुई भारतीय महिलाका साथबाट स्रोत नखुलेको रकम भेटिएपछि नियन्त्रणमा लिएको रौतहट प्रहरी प्रमुख एसपी रबिराज खड्काले बताए ।

पक्राउ पर्नेमा भारत विहार राज्य जिल्ला सीतामढी बैरगनियाँ ग्राम पञ्चायत वडा नं १ सिन्दुरिया बस्ने ४५ वर्षीया शान्ति देवी र ४५ वर्षीया मीना देवी छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्