कनिका खबर
भदौ ४, काठमाडौं
प्रधामन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । अहिले केहि बेर पछिका लागि बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । यसअघि सोमबार नियमित मन्त्रिपरिषद बैठक बसेको थियो । मुुलुकमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि थप रणनीति बनाउन मन्त्रिपरिषद् बोलाइएको जनाइएको छ । आजबाट उपत्यकामा एक साता निषेधाज्ञा घोषणा गरिएको छ ।
गत चैत ११ गते बाट साउन ७ गतेसम्मको बन्दाबन्दी अन्त्य गरेपनि सङ्क्रमित र मृतक सङ्ख्या बढेपछि सरकारले अधिकांश जिल्लामा निषेधाज्ञाको नीति अपनाउँदै आएको छ ।