दुग्धजन्य पदार्थ बिक्रीवितरणका लागि सहज वातावरण बनाइदिन डेरी एसोसिएसनको आग्रह – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

दुग्धजन्य पदार्थ बिक्रीवितरणका लागि सहज वातावरण बनाइदिन डेरी एसोसिएसनको आग्रह

    मा प्रकाशित

कनिका खबर
भदौ ४, काठमाडौं

नेपाल डेरी एसोसिएसनले सात सय ५३ वटै स्थानीय तह, टोल सुधार समिति एवम स्थानीयलाई दुग्धजन्य पदार्थ बिक्रीवितरणका लागि सहज वातावरण बनाइदिन आग्रह गरेको छ । दुग्धजन्य पदार्थ बिक्रीवितरणका क्रममा ठाउँ–ठाउँमा दुध तथा दुग्ध पदार्थ बोकेका सवारी साधनलाई रोक्ने, डेरी काउन्टर बन्द गराउने जस्ता काम भइरहेकाले यसलाई सहजीकरण गर्नको लागि सम्बन्धित निकायलाई एक विज्ञप्ती जारी गर्दै एसोसिएसनले आग्रह गरेको हो । विहान सात बजेसम्म मात्र ढुवानी र डेरी काउन्टर खोल्न दिएको समयबारे अग्रिम जानकारी नहुँदा र दुध तथा दुग्ध पदार्थ धेरै दिन नटिक्ने हुँदा यस्तो असहज परिस्थितिमा पनि आफूले समेत जोखिम मोल्दै व्यवसायीले पु¥याएको सहयोगले उल्टै नोक्सानी बेहोर्नुपर्ने अवस्थाले विहान र बेलुका ढुवानी र विक्रिवितरणका लागि समयसिमा तोक्नुपर्ने एसोसिएसनका महासचिव प्रल्हाद दाहालले बताउनुभयो ।

देशको ६० प्रतिशत बजार उपत्यका भएको र दुध तथा दुग्ध पदार्थ लामो समयसम्म भण्डारण गर्न नसकिने हुँदा विक्रि वितरणको लागि पर्याप्त समय नहुने हो भने बन्द गर्नुको विकल्प नरहेकाले यसबारेमा सम्बन्धित निकायले यसतर्फ ध्यान दिनु जरुरी रहेको उहाँको भनाइ छ । महाभुकम्प, नाकाबन्दीदेखि देशमा हुने हरेक बन्द हड्ताल र विगत २०७६ साल चैत्र ११ गतेदेखि अषाढ ३२ गतेसम्मको बन्दाबन्दीमा पनि निरन्तर विना रोकतोक सबैको साथ सहयोगबाट सेवा दिइरहेको पनि एसोसिएसनले विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्