तिज घरमै बसेर मनाउन खोटाङ प्रशासनको आग्रह – Kanika Khabar
Sunday, July 26Nepali News Portal

तिज घरमै बसेर मनाउन खोटाङ प्रशासनको आग्रह

    मा प्रकाशित

कनिका खबर
भदौ ४, खोटाङ,
जिल्ला प्रशासन कार्यालय खोटाङले नेपाली महिलाको महान पर्व हरितालिका तीज घरमा नै मनाउन आग्रह गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बढिरहेका बेला संक्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि घरैमा तीज मनाउन प्रशासनले आग्रह गरेको हो । सार्वजनिक स्थलमा सामूहिक रुपमा मानिस जमघट भेला हुने गरी मनाउने कार्य पूर्णरुपमा निषेध गर्नुपर्ने भएकाले हरितालिका तीज लगायतका चाडपर्व आ–आफ्नो घरैमा बसी मनाउन प्रशासनले सूचनामार्फत आग्रह गरेको छ ।

तीज लगायतका अन्य चाडपर्व सार्वजनिक स्थलमा भीडभाड गरि मनाएको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्