वालिङ नगरपालिकामा स्वअध्ययन सामग्री वितरण – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

वालिङ नगरपालिकामा स्वअध्ययन सामग्री वितरण

    मा प्रकाशित

कनिका खबर
भदौ ४, स्याङजा
स्याङ्जाको वालिङ नगरपालिकाले स्वअध्ययन सामग्री वितरण गरेको छ । कोरोना महामारीका कारण लामो समय देखि विद्यालय जान नपाएका विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप सक्रीय बनउनका लागि स्वअध्ययन सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ । कोभिड–१९ को संक्रमणका कारण विद्यालय जान नपाएका विद्यार्थीलाई घरमै बसेर अध्ययन तथा सिकाई क्रियाकलाप गर्न सक्ने गरी स्वअध्ययन सामग्री वितरण गरिएको नगरपालिकाको शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले जानकारी दिनुभयो । स्वअध्ययन सामग्रीमा पाठ्यपुस्तक तथा पाठ्यक्रमसँगै मिल्ने खालका विषयवस्तु समावेश गरिएका छन् ।

बालविकास र कक्षा पाँच सम्मका बालबालिकालाई उनीहरुका अभिभावक तथा अविभागकले सहजीकरण गर्न सक्नेछन् र पाँच देखि आठ कक्षाका बालबालिकाले अध्ययन सामग्रीमा दिईएको निर्देशनका आधारमा स्वअध्ययन गर्न सक्नेछन् । स्वअध्ययन सामग्रीमा ४५ दिनलाई अभ्यास रहेको र आवश्यक निर्देशन त्यही पुस्तकमा हुने भएकाले पनि यो प्रभावकारी हुने अनुमान गरिएको छ । १४ वडा रहेको वालिङ नगरपालिकाका विभिन्न वडामा १६ वटा माध्यमिक विद्यालय, कक्षा पाँच देखि आठ सम्मका आठ वटा र आधारभूत तह कक्षा एक देखि पाँच सम्मका ४९ वटा विद्यालयलाई स्वअध्ययन सामग्री वितरण गरिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्