लार्चाका एक सय ५५ जना घरपरिवार लामो समयदेखि भन्सार कार्यालयकै शरणमा – Kanika Khabar
Sunday, July 19Nepali News Portal

लार्चाका एक सय ५५ जना घरपरिवार लामो समयदेखि भन्सार कार्यालयकै शरणमा

    मा प्रकाशित

कनिका खबर
भदौ ४, सिन्धुपाल्चोक
वाढिले घर बगाएपछि जोखिममा रहेका सिन्धुपाल्चोक भोटेकोसि गाउँपालिका लार्चाका एक सय ५५ जना घरपरिवार लामो समयदेखि भन्सार कार्यालयकै शरणमा बस्दै आएका छन् । घरबार गुमाएका यी परिवारलाई तत्काललाई खाना बस्नको समस्या नभए पनि कति दिन कार्यालयले शरण दिन्छ भन्ने चिन्ताले पिरोलिरहेको पीडित परिवारले गुनासो गरेका छन् । विस्थापित परिवारलाई तत्काल सुरक्षित बस्ने ठाउँ नहुँदा भन्सार कार्यालयले शरण दिएको हो ।

अब छिटै सडक खुलेपछि भन्सार कारोबार नियमित सञ्चालनमा आउने हुँदा विस्थापित परिवारले अहिले शरण लिएको स्थान छोड्नुपर्नेछ । बाह्रबिसेको जम्बु र खागदल बाढीपहिरोले बगेको दिन देखि भोटेकोसी गाउँपालिकामा निरन्तर पहिरो गइरहेको छ । गाउँपालिकाभर दिनदिनै प्राकृतिक विपत्तिले जनधनको क्षति भइरहेको अवस्थामा विस्थापित परिवारलाई गाउँपालिकाले अन्यत्र स्थानान्तरण गर्न नसकेको हो । बाढी पहिरोका कारण विस्तापित अन्य परिवार अहिले विभिन्न विद्यालय, कार्यालय र आफन्तको शरणमा छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्