दाङमा यात्रुबाहक बसको ठक्करबाट एक जनाको मृत्यु – Kanika Khabar
Saturday, October 10Nepali News Portal

दाङमा यात्रुबाहक बसको ठक्करबाट एक जनाको मृत्यु

    मा प्रकाशित

लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु  भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १३ निवासी चेतबहादुर केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शुक्रबार बेलुका करिब साढे ६ बजे लमही नगरपालिका १ सुनडबरीमा नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको यात्रु बसले सरकारी मोटरसाइकललाई ठक्कर दिएको थियो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ए ए ८५९८ नम्बरको सरकारी मोटरसाइकललाई प्रदेश १–०१–००१ ख ४१४८ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक केसी गम्भीर घाइते भएका थिए ।

घटनालगत्तै वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रमेश तिमलसिना नेतृत्वमा खटिएको टोलीले घाइते केसीको उद्धार गरी उपचारका लागि लमही अस्पताल पुर्‍याएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ । मृतक केसीको शव लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । मृतक केसी लुम्बिनी प्रदेश कृषि मन्त्रालयमा बरिष्ठ लेखा अधिकृत रहेको बुझिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्