चार्टर तथा उद्दार उडान पुनः सुचारु हुने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

चार्टर तथा उद्दार उडान पुनः सुचारु हुने

    मा प्रकाशित

कनिका खबर
भदौ छ, काठमाडौँ ।
सरकारले रोकेको उद्दार कार्यलाई फेरि सुचारु गर्ने भएको छ । हिजो बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकल चार्टर तथा उद्दार उडानलाई पुनः सुरु गर्ने भएको छ । यसका लागि सरकारले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्डसमेत बनाएको छ । अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारअन्टिनमा बस्नैपर्नेछ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गर्नेछ । होटलमा बस्दाको खर्च व्यक्ति स्वयम्ले व्यहोर्नुपर्ने छ । विदेशबाट आउनेहरुको सूची त्यस देशमा रहेको दूताबासले तोकेबमोजिम हुनेछ ।
एकदिनमा बढीमा तीनवटा फ्लाइटसम्म मात्रै सरकारले उडान अनुमति दिने मन्त्रिपरिषदले मापदण्ड तोकेको एकजना मन्त्रीले सीआईएनलाई जानकारी दिनुभयो । यो निर्णयसँगै माग भएका ठाउँहरुको उडान तालिका बनाएर चार्टर उडान सुरु हुनेछ । यसअघि सोमबार कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले चार्टर तथा उद्धार उडान रोकेको थियो । मन्त्रीपरिषद्को निर्णयसँगै उद्धार उडान आज देखि सुरु हुनेछ । त्यसैगरी सरकारले तोकेका १० वटा स्थल नाकाहरुबाट स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने मापदण्ड तोकिएको छ । होटल खर्च व्यक्ति आफैंले व्यहोर्नुपर्ने छ । नसक्नेहरुको हकमा स्थानीय समितिले व्यवस्थापन गर्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्