सिन्धुपाल्चोकका दुई सय ४२ बस्ती जोखिममा, केही गाउँ तत्काल स्थानान्तरण गरिने – Kanika Khabar
Friday, April 26Nepali News Portal

सिन्धुपाल्चोकका दुई सय ४२ बस्ती जोखिममा, केही गाउँ तत्काल स्थानान्तरण गरिने

    मा प्रकाशित

कनिका खबर
भदौ ५, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक भरका दुई सय ४२ बस्ती बाढी तथा पहिरोको जोखिममा रहेको छ । पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरुले गरेको अध्ययनअनुसार जोखिममा रहेका बस्तीहरु, प्राकृतिक विपदका कारण जोखिममा रहेका बस्तीहरुको पहिचान र स्थानान्तरण सम्बन्धी हिजो बसेको समन्वय बैठकमा सार्वजनिक गरिएको हो । तथ्यांकअनुसार बलेफी गाउँपालिकामा १४, बाह्रविसे नगरपालिकामा २३, भोटेकोशी गाउँपालिकामा ४९ र चौतारा साँगाचोकगढी नगरपालिकामा ४ वटा बस्ती जोखिममा छन् । त्यस्तै हेलम्बुमा ३४, इन्द्रावतीमा १९, जुगलमा ३३, लिसंखुपाखरमा १०, मेलम्चीमा १९, पाँचपोखरी थाङपालमा ३२, सुनकोशीमा १ र त्रिपुरामा ४ बस्ती जोखिममा छन् । यी मध्ये प्राविधिकहरुले ७१ बस्ती रेड जोनमा, ७५ बस्ती एल्लो जोन र ७६ बस्तीलाई ग्रिन जानेमा राखेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो । अति जोखिममा रहेका जुगल र बाह्रविसेका केही बस्तीलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिने प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्